ताजा समाचार


दोस्रो मन्थली नगर कपको तयारि पुरा

 नेपाल बाहक    २३ माघ २०८०, मंगलवार १७:१५     541 जनाले पढ़िसके


रामेछाप । बुधवारबाट मन्थलीमा सञ्चालन हुने दोस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितको तयारि पुरा भएको छ । मन्थली नगर खेलकुद विकास समितिको आयोजना हुने भलिवल प्रतियोताको माघ २४ देखि २७ गते सम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारि गराएको छ ।

प्रतियोगितमा १४ टिमको सहभागिता रहने छ भने २६ खेल रहने नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझि पत्रकार सम्मेलनमा जानकारि दिनु भयो । जिल्ला समन्वय समितिको प्रङ्गडमा हुने खेल हुने उहाँले बताउनु भयो ।

खेलमा प्रथम हुने टिमले नगद १ लाख सहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने द्धितिय, तृतिय र शान्तोना हुनेले क्रमश नगद ७५ हजार ५० हजार र ३० हजार सहित ट्रफि, मेडलर र प्रमाण पत्र पाउने पत्रकार सम्मेलनमा जानकारि गराइएको थियो । त्यसै गरि विधागत तर्फ उत्कृत खेलाडि, रेफ्रि, व्लकर, डिफेन्डरलाई समेत ट्रफि सहित नगद मेडल रहेको छ ।