ताजा समाचार


दोस्रो मन्थली नगर कपको उपाधि भटौलीलाई

 नेपाल बाहक    २७ माघ २०८०, शनिबार १७:२९     568 जनाले पढ़िसके


रामेछाप ।दोस्रो मन्थली नगर कपको उपाधि मन्थली नगरपालिका ७ भटौलीले जितेको छ । माघ २४ गते देखि मन्थलीमा सुरु भएको नगर कपको उपाधि मन्थली १ लाई हराउँदै पहिलो पटक मन्थली ७ भटौलीले हात पारेको हो ।

उपाधि सँगै भटौलीले नगद एक लाख, ट्रफि, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ भने उप विजेता भएको मन्थली १ ले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ । त्यसै गरी तृतीय बन्न सफल भएको मन्थली ८ चिसापानीले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र र सान्त्वना भएको मन्थली ४ सालुले नगद ३० हजार मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।