ताजा समाचार


भरुवा बन्दुक सहित एक जना पक्राउ

 नेपाल बाहक    २९ माघ २०८०, सोमबार २०:२५     432 जनाले पढ़िसके


 

रामेछाप । रामेछाप प्रहरीले एक जना पुरुषलाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ५८ वर्षीय सब्बा तामाङ रहेका छन् ।

तामाङलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उमाकुण्ड गाउँपालिका २ मा बसेर तामाङ घर ठेक्काको काम गदै आएको थिए । तामाङको घरमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने सूचना प्रहरीलाई आए पश्चात् प्रहरीले उनी बस्ने घरमा  खोजतलास गरेको थियो ।

खोजतलास गर्दा प्रहरी एक थान भरुवा बन्दुक र दुइ वटा छर्रा समेत फेला परेको थियो । पक्राउ परेका तामाङलाई जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरी  हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भई रहेको छ रामेछाप प्रहरी जनाएको छ ।