ताजा समाचार


रामेछापका स्थानीय तहको एलआइएसए र एफआरएको नतिजा सार्वजनिक

 नेपाल बाहक    ४ फाल्गुन २०८०, शुक्रबार १६:३०     307 जनाले पढ़िसके


रामेछाप । रामेछापका स्थानीय तहको स्थानीय तहका वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति रामेछापले सार्वजनिक गरेको नतिजा अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापको सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको छ भने स्थानीय तहका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८५ अङ्क सहित रामेछापको उमा कुण्ड गाउँपालिका प्रथम भएको छ ।

शुक्रवार सार्वजनिक भएको नतिजा अनुसार दुवै नतिजा ८३.५ र ७७.२५ अङ्क सहित मन्थली नगरपालिका दोस्रो स्थानमा रहेको छ । जिल्ला समन्वय समिति रामेछापका निमित्त जिल्ला समन्वय अधिकारी रमेश घिमिरेले जारी गरेको सूचना अनुसार वित्तीय सुशासन जोखिम मूल्याङ्कन ७४.५ अङ्क सहित गोकुलगंगा गाउँपालिका तेस्रो भएको छ भने संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापको रामेछाप नगरपालिका ७३ अङ्क सहित तेस्रो भएको जारी सूचनामा उल्लेख छ ।

सुचनामा उल्लेख गरे अनुसार संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापको उमा कुण्ड गाउँपालिकाले ७२.७६, गोकुलगंगा गाउँपालिकाले ६५.५, दोरम्वा शैलुङ्ग गाउँपालिकाले ६४।२५, खाँडादेवी गाउँपालिकाले ६२ र लिखुतामाकोसी गाउँपालिकाले ४८.५ अङ्क प्राप्त गरेको छ ।

भने स्थानीय तहका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रामेछाप नगरपालिकाले ७०.५, सुनपाती गाउँपालिकाले ६१.५, खाँडादेवी गाउँपालिकाले ५७.५, लिखुतामाकोसी गाउँपालिकाले ५१.५ र दोरम्वा शैलुङ्ग गाउँपालिकाले ५०.५ अङ्क प्राप्त गरेको छ ।