ताजा समाचार


  स्थानिय तहको वित्तीय सुशासन जोखिमम मुल्याङ्कनमा उमाकुण्ड प्रथम

 नेपाल बाहक    ४ फाल्गुन २०८०, शुक्रबार १९:५५     255 जनाले पढ़िसके


रामेछाप । स्थानिय तहका वित्तीय सुशासन जोखिमम मुल्याङ्कनमा रामेछापको उमाकुण्ड गाउँपालीका प्रथम भएको छ । शुक्रबार सार्वजनिक भएको सुचना अनुसार कुल अंकको ८५ अंक सहित उमाकुण्ड गाउँपालिका प्रथम भएको हो ।

जिल्ला समन्वय समिति रामेछापका निमित्त जिल्ला समन्वय अधिकारि रमेश घिमिरेले हस्ताक्षर गरेको सुचना अनुसार ८३.५ अंक सहित मन्थली द्रोस्रो स्थानमा रहेको छ भने ७४.५ अंक सहित गोकुलगंगा गाउँपालिका तेस्रो भएको छ ।

भने रामेछाप नगरपलिकाले ७०।५, सुनपाती गाउँपालिकाले ६१.५, खाँडादेवि गाउँपालिकाले ५७.५, लिखुतामाकोसी गाउँपालिकाले ५१.५ र दोरम्वा शैलुङ्ग गाउँपालिकाले ५०.५ अंक प्राप्त गरेको छ ।