ताजा समाचार


भुजीमा बृहत स्वास्थ्य शिविरः ५ सय बढि नागरिकले लिए सेवा

 नेपाल बाहक    ९ फाल्गुन २०८०, बुधबार १०:११     915 जनाले पढ़िसके


रामेछाप । उमाकुण्ड गाउँपालिका वडा न। ७ भुजिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा स्तरिय आमा समुह सञ्जाल भुजी तथा लक्षित बर्गको आयोजनामा स्वास्थ्य शिविर सम्पन् भएको हो ।

शिविर त्रिवि शिक्षण अस्पताल स्वतन्त्र बिद्यार्थि युनियन, अनेरास्वीयु स्वास्थ्य विभाग, अनेरास्वावियु रामेछाप र वडा न। ७ भुजीको समन्वयमा शिविर सम्पन् भएको हो ।

शिविरमा ५ सय बढि नागरिकले जनरल सेवा, क्षयरोगको परिक्षण, आखाँ परिक्षण र महिला सम्वन्धी रोगको परिक्षण गराए थिए । भने शिविरमा निःशुल्क औषधि बितरण गरिएको थियो ।

शिविरमा त्रिवि शिक्षण अस्पालका चिकित्सक तथा स्वास्थ्यकर्मी र अनेरास्वियु केन्द्रीय कमिटि सचिव डाक्टर सुजन कडेंरिय लगाएतले भुजीका नागरिकको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।