ताजा समाचार


मन्त्री ज्वालाको बर्खातिको माग राख्दै अनेरास्वियु रामेछापले बुझायो ज्ञापन पत्र

 नेपाल बाहक    ९ फाल्गुन २०८०, बुधबार १३:४३     617 जनाले पढ़िसके


रामेछाप । भौतिक पूर्वधार तथा यातयात्र मन्त्री प्रकाश ज्वालालाई पदबाट बर्खास्तिको माग राख्दै अनेरास्वियु रामेछापले ज्ञापन पत्र बुझाएको छ । अनेरास्वियु रामेछापले बुधबार रामेछापकि प्रमुख जिल्ला अधिकारि अनिता निरौला मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

अनेरास्वियु जिल्ला कमिटि रामेछापका अध्यक्ष पुष्कर भट्टराईद्धारा हस्तक्षार गरिएको ज्ञापन पत्रमा इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरूले गत पौष १३ गते ललितपुरको बालकुमारीमा गरेको आन्दोलनमा प्रहरी दमनबाट सुजन राउत र वीरेन्द्र शाह मारिएको घटनामा मन्त्री ज्वाला प्रमुख दोषी रहेको उल्लेख छ ।

घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार मन्त्री ज्वालाको कमजोरीको कारण घटना घटेकाले अविलम्ब मन्त्री पदबाट बर्खास्त गर्न माग गरिएको छ ।