ताजा समाचार


प्रदेशसभा सदस्य श्रेष्ठ र कार्कीको पहलमा थपिए १३ योजना

 नेपाल बाहक    १४ चैत्र २०८०, बुधबार १८:४५     2035 जनाले पढ़िसके


रामेछाप । नेकपा एमाले रामेछापका बाग्मती प्रदेशसभाका सदस्य आनन्द श्रेष्ठ र माया कुमारी कार्कीको पहलमा रामेछापमा योजना थप भएका छन् । प्रदेश सभा सदस्य श्रेष्ठ र कार्कीको संयुक्त पहलमा पुनः १३ योजना थप भएका छन् ।
मन्थली नगरपालिकाको कार्यालय (मनमोहन चोक)  हुँदै प्रहरी कार्यालय जाने बाटो कालोपत्रेका लागि रु ३५ लाख, मन्थली नगरपालिका ३ ठुलीमदौ (भदौरे देखि ठाटी)  सडक स्तर उन्नतिका लागि रु २० लाख, मन्थली नगरपालिका ४ सालुको सेतीदेवी मावि घेरावारका लागि रु १५ लाख, मन्थली नगरपालिका ११ को धुसुनी-स्वारा- पिपले-पेटासी-लहरेपानी-काउले सडक स्तर उन्नतिका लागि रु ४० लाख, सल्लेरी पहिरो नियन्त्रणका लागि रु १० लाख रुपैयाँ आएको छ ।
मदनआश्रीत स्मृति भवन निर्माणका लागि रु २० लाख, उमाकुण्डको नाकेस्वर माने निर्माणका लागि रु १० लाख, भुजी खेलमैदान निर्माणका लागि रु १३ लाख, रस्नालु खेल मैदान निर्माण गोकुलगंगाका लागि रु १५ लाख, गोकुलगंगाको पैस्वारा९सिम९कालिमाटी सडक स्तर उन्नतिका लागि रु १० लाख, खाँडादेवीको राम्चे देवीस्थान खरिढुङ्गा टोल पिङ्खुरीको सडक स्तर उन्नतिका लागि रु २० लाख, सुनपातीमा शेरापालिङ माहायान वौधधर्म अध्ययन केन्द्र निर्माणका लागि रु १८ लाख र रुद्रेस्वर महादेव मन्दिर परिसर सिँढी निर्माणका लागि रु १० लाख रुपैयाँको योजना रामेछाप भित्र्याइएको छ ।