ताजा समाचार


नेकपा एमाले मन्थली ३ को वडा कमिटीमा नयाँ नेतृत्व

 नेपाल बाहक    २९ चैत्र २०८०, बिहीबार २१:५१     357 जनाले पढ़िसके


रामेछाप ।  नेकपा एमाले मन्थली नगरपालिका वडा नं ३ कठजोर वडा कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बिहीबार भएको दोस्रो वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

वडाध्यक्ष कृष्णगोपाल थापाको अध्यक्षता तथा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्थता र नेकपा एमाले बाग्मती प्रदेश कमिटीका सदस्य लव श्रेष्ठको विशिष्ट आतिथ्थतामा भएको अधिवेशनले राज कुमार खत्रीको अध्यक्षतामा ५ पदाधिकार सहित ३१ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा राम कुमार बस्नेत, सचिवमा उज्ज्वल भट्टराई, उप सचिवमा  कुमार थापा र सरिता नेपाली चयन भएका छन् ।

त्यसै बिहीबार नै  युवा सङ्घ नेपाल मन्थली ३ को वडा कमिटीको अध्यक्षमा जनक सुवेदी, उपाध्यक्षमा रामचन्द्र खत्री, सचिवमा अनिल खड्का, सह सचिव गणेश बिक कोषाध्यक्षमा दिनेश बिक सहित ११ सदस्य वडा कमिटी गठन भएको छ र अनेमा सङ्घ मन्थली ३ कठजोरको अध्यक्षमा अम्बिका नेपाली, उपाध्यक्षमा मसली बुढाथोकी, सचिवमा सङ्गीता परियार सहित ५ सदस्य वडा कमिटी चयन भएका छन् । त्यसै गरी हरि बहादुर खड्काको अध्यक्षतामा भूपू सैनिक सङ्गठन वडा कमिटी गठन गरिएको थियो  । अधिवेशनले भूपू सैनिक सङ्गठन उपाध्यक्ष चन्द्र खड्का र दीपक खड्का, सचिवमा राम्जी थापा, सह सचिवमा ज्ञान बहादुर थापा कोषाध्यक्षमा हरे राम थापा सहित ९ जना सदस्य वडाकमिटि चयन भएको थियो ।