ताजा समाचार


एमाले हाँक्ने रामेछापका कान्छा वडा कमिटीका अध्यक्ष रिजन तामाङ

 नेपाल बाहक    ३० चैत्र २०८०, शुक्रबार २१:४२     1118 जनाले पढ़िसके


रामेछाप । नेकपा एमाले रामेछापको जिल्ला कमिटीमा अनेरास्ववियुबाट उदाएका नेताहरूको बर्चस्व रहेको छ । हाल एमाले रामेछापका अध्यक्ष अनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया र उप सचिव प्रकाश कुमार कार्की लगायतका धेरै नेता अनेरास्ववियुबाट उदाएका नेता हुन् ।
जिल्ला कमिटी मात्र हैन अहिले नेकपा एमालेको वडा कमिटी तथा पालिका कमिटीमा समेत अनेरास्ववियुबाट आएका नेताले नेतृत्व लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
त्यसकै उदाहरण हुन् रिजन तामाङ । रामेछापको सुनपाती गाउँपालिका ५ रुपाकोटका तामाङ एमाले रामेछापका कान्छा वडा कमिटीका अध्यक्ष हुन् । ६४ वडा रहेको रामेछापमा तामाङ कान्छा वडाध्यक्ष रहेको एमाले रामेछापको तथ्याङ्कमा उल्लेख छ ।
बाल्यकाल देखि नै राजनीति प्रति चासो राख्ने तामाङ टंक घतानीको नेतृत्व रहँदा २०७७ साल देखि २०८० ज्येष्ठ १५ सम्म अनेरास्ववियु रामेछाप जिल्लाका सचिवालय सदस्य तथा सुनापतीको इन्चार्ज हुँदै पार्टीको वडा कमिटी सदस्य, सचिव हुँदै नेकपा एमाले सुनापती गाउँपालिका वडा नस् ५ को वडा कमिटीको अध्यक्षको भूमिका निवार्ह गरी रहेका छन् ।
तामाङ २०८० चैत्र २४ गते भएको अधिवेशनबाट अध्यक्षमा पद सर्वसम्मत चयन हुनु भएको थियो । तामाङ सहित वडा कमिटीको उपाध्यक्षमा लाल बहादुर मानन्धर, सचिवमा शान्ति घिसिङ, उप सचिवमा सोममाया बिक र रामकुमार खड्का चयन भएका छन् । भने सदस्यहरूमा नोर्वु तामाङ, मेजर आले, रामजी आले, नवीन श्रेष्ठ, जीवन गौतम, कविता श्रेष्ठ, पासङ् तामाङ र हरिहर खड्का सर्वसम्मत चयन भएका थिए ।