ताजा समाचार


अनेरास्ववियुको आयोजनामा बाग्मती प्रदेश स्तरिय फुटसल प्रतियोगिता सुरु

 नेपाल बाहक    १९ बैशाख २०८१, बुधबार २१:२०     404 जनाले पढ़िसके


रामेछाप । अनेरास्ववियु बाग्मती प्रदेश कमिटिको आयोजनामा प्रदेश स्तरिय फुटसल प्रतियोगिता सुरु भएको छ ।
बुधबार देखि बनेपाको एसआर फुटसल भएको प्रथम चरणको खेलमा अनेरास्ववियु रामेछाप र मेकानिकल समुह ए बिच खेल भएको थियो । आज भएको खेलमा अनेरास्ववियु रामेछापले ३ गोल प्रहार गदैँ मेकानिकल ए बिरुद्ध विजयी भएको थियो । रामेछाप अनेरास्ववियु टिमको नेतृत्व कृष्ण नगरकोटिले गर्नु भयो थियो भने टिमको व्यवस्थापन तथा अगुवाइ अनेरास्ववियु बाग्मती प्रदेश कमिटिका उप सचिव पवन तमाङ्ले गर्नु भएको थियो ।
प्रथमलाई नगद ५० हजार सहित ट्रफि¸मेडल र प्रमाण पत्र¸द्धितिय हुने टिमलाई नगद ३० हजार सहित ट्रफि¸ मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडि र गोलकिपरलाई रु ५ हजार¸ ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने अनेरास्ववियु केन्द्रिय सदस्य तथा रामेछाप इन्चार्ज टंक घतानीले बताउनु भयो ।
खेलामा ३७ टिमको सहभागिता रहेको थियो । भने आज १८ खेल भएका थियो । अनेरास्वियु बाग्मती प्रदेशका खेलकुद विभाग प्रमुख दुतराज लामाको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख अतिथ्यता रहेको थियो ।