ताजा समाचार


आर्थिक वर्ष सकिन २ महिना बाकिँ रहदा मन्थली नगरपालिकाको खर्च ५५ प्रतिशत

 नेपाल बाहक    ३१ बैशाख २०८१, सोमबार २२:०१     229 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष सकिन २ महिना सकिन लाग्दा ५५ प्रतिशत बजेट खर्च भएको बताएको छ । आइतबार मन्थली नगरपालिले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा एकीकृत घुम्ती शिविरमा प्रमुख प्रशासकीय अधिकृत  हरि प्रसाद चापागाईँले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षको वैशाख २६ गते सम्म चालु तर्फ ६५ प्रतिशत र पुँजीगत तर्फ कुल बजेटको ४० प्रतिशत बजेट खर्च भएको चापागाईँले बताए । आर्थिक वर्ष २०८१।८१ का लागि मन्थली नगरपालिकाले  १ अर्ब ४ करोड ५४ लाख ९२ हजार बजेट विनियोजन गरेको थियो ।

त्यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा ४ करोड ३० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेमा हाल सम्म ३ करोड १६ लाख ५५ हजार आर्थिक लक्ष्यको ७४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले अघिल्लो वर्षबाट ९ वटा विवाद सरि आएका बताउँदै ३५ वटा विवाद यस वर्ष दर्ता भएकामा ३२ विवादको निराकरण गरिएको बताइन् । बाकिँ रहेका विवाद पनि आफूहरूले यसै वर्ष समान गर्ने लक्ष्य राखेको बताइन् ।

मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको थियो  । शिविरमा  जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरू शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका थिए ।

शिविरबाट १४२ जना पुरुष र २७१ जना महिलाले सेवा लिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताए । फुयाँलका अनुसार अनुसार स्वास्थ्य शिविरबाट १६४ जनाले जनरल सेवा, १५० जनाले आँखा सेवा, ५२ जनाले स्त्रीरोग सेवा,१५३ जनाले प्रयोगशाला सेवा र ४७ जनाले दन्त सेवा लिएका छन् ।

एकीकृत घुम्ती सेवा अन्तरगत कृषि सेवा तर्फ २२९ जना कृषकले कृषि विउबिजन,विषादी र प्राविधिक परामर्श सेवा लिएका छन् भने सोही सङ्ख्यामा पशु सेवा तर्फ किसानहरूले विभिन्न सेवा लिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।