ताजा समाचार


रामेछापको समग्र विकासका लागि भूमिका निर्वाह गर्छुः श्रेष्ठ

 नेपाल बाहक    ८ जेष्ठ २०८१, मंगलवार १५:५६     225 जनाले पढ़िसके


रामेछाप । बाग्मती प्रदेश सभाका सदस्य एवम् उद्योग¸ पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले रामेछापको समग्र विकास लागि भूमिका निवार्ह गर्ने बताउनु भएको छ ।
मङ्गलवार नेकपा एमाले रामेछापले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले सबैको साथ सहयोग सुझाव लिएर आफूले पाएको जिम्मेवारी पूरा गर्ने समेत प्रतिबद्धता गर्नु भएको छ ।
प्रदेश सभामा मन्त्री परिषद्को भूमिका सँगै समितिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सरकारलाई संसद् प्रति उत्तरदायी¸ सांसदलाई सरकार प्रति उत्तरदायी र सरकारलाई जनता प्रति उत्तरदायी बनाउन समितिहरूले महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो ।
त्यस कारण पनि पाएको जिम्वेवारिलाई सबैको सल्लाह सुझाव समेटेर काम गर्ने बताउनु भयो । श्रेष्ठले नागरिकको विश्वासमा घात नपुग्ने गरी काम गर्ने बताउनु भयो ।
भौतिक पूर्वाधार विकास, कृषि, सहकारी, पर्यटन, उद्योग लगायतका क्षेत्रमा बनेका पुराना ऐन नियमहरूलाई अहिलेको बदलिँदो परिवेश अनुसार संशोधन गरी आवश्यकताका आधारमा नयाँ ऐन नियमहरू बनाएर उद्योग, पर्यटन तथा वातावरण समिति अगाडी बढ्ने उहाँले बताउनुभयो ।
आम सहमतिका आधारमा समितिहरू गठन गर्ने सहमति अनुसार संसदीय समितिहरू गठन भएकाले सबै समितिहरूको सक्रिय भूमिका रहने उहाँको भनाइ छ । समग्र रामेछाप जिल्लाको विकासका निम्ति पनि आफूले नेतृत्व लिने समेत उहाँले बताउनुभयो ।