ताजा समाचार


रामेछापकी दीपशिखा कार्की नेसन गट  ट्यालेन्ट टप ९ मा

 नेपाल बाहक    १२ जेष्ठ २०८१, शनिबार १५:५६     402 जनाले पढ़िसके


रामेछाप । नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की टप ९ मा पर्न सफल हुनु भएको छ । रामेछाप नगरपालिका ८ कि कार्कीले उत्कृष्ट नृत्य गर्दै टप ९ मा पुग्नु भएको हो ।

सानै देखि पढाई सँगै नृत्यमा गर्न रुचि भएकी कार्की सोको भोटिङ राउन्ड प्रवेश गर्नु भएको छ । उहाँलाई थप अघि बढ्न भोटको आवश्यकता पर्ने उनका बुवा केदार कार्कीले बताउनु भयो । भोट गरी दिनका लागि सबैलाई अनुरोध समेत गर्नु भएको छ । कार्कीलाई भोट गर्न ई सेवा र ग्लोबल आइएमइ पे लगायतबाट गर्न सकिने उहाँले बताउनु भयो ।

गौरीशङ्कर मावि रामेछापमा कक्षा ५ मा अध्ययन गर्ने कार्की भिडियो सन्देश जारी गर्दै भोट गरिदिन अनुरोध गर्नु भएको छ । कार्यक्रम प्रत्येक मङ्गलवार एपि वान टेलिभिजनमा राति ८ बजे देखि ९ बजे सम्म प्रसारण हुँदै आएको छ । हाई लाइट नेपालको युटुव च्यानलबाट समेत प्रसारण हुने सोको निर्णायहरुमा मिथिला शर्मा र गौरी मल्ल रहेका छन् ।