ताजा समाचार


विकासका लागि नागरिकको अग्रसरता आवश्यकता हुन्छः नगरप्रमुख श्रेष्ठ

 नेपाल बाहक    १३ जेष्ठ २०८१, आईतवार १८:२५     203 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले विकासका लागि नागरिक अग्रसर हुनु पर्ने बताउनु भएको छ । आइतबार नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भयो हो । नेपाल प्रेस युनियनको ३३ ‌औँ स्थापनाको अवसर आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले बजेट विनियोजन गर्दैमा विकास नहुने बताउनु भयो । विकासको दायित्व नागरिकको समेत रहेको बताउँदै नागरिक अग्रसर हुन आवश्यक रहेको बताउनु भयो ।
राज्यमा सङ्कट पर्दा सञ्चार जगतले संरक्षण गर्नु पर्ने श्रेष्ठले बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले राज्यका कमी कमजोरी ‍औँलाउदैँ राज्यको संरक्षण गर्न सुझाव दिनु भयो ।राज्यलाई स्थायित्व दिन र स्थापित गर्न मिडियाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । सञ्चार क्षेत्रका चुनौती समाधान गर्न प्रेस सँग सम्बन्धी सबै सङ्घ सङ्गठनलाई एकै ठाउँमा उभिन समेत श्रेष्ठले सुझाव दिनु भयो । नगर प्रमुख श्रेष्ठले पहिले भन्दा अहिले समाचार प्रतिको विश्वसनीयता खस्किएको बताउँदै खोजमूलक समाचार लेख्न समेत उहाँले सुझाव दिनु भयो ।
नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीको प्रमुख अतिथ्थतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल बाग्मती प्रदेशका सदस्य लेख बहादुर विक¸ ट्रेड युनियन रामेछापका सचिव मोतीलाल तमाङ्¸ फोनिज बाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ¸ पत्रकार महासङ्घ रामेछापका पूर्व अध्यक्ष द्वय टिका प्रसाद भट्ट¸ हिमाल ढुङ्गेल¸ नेपाल पत्रकार महासङ्घ बाग्मती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना दिएका थिए ।