ताजा समाचार


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख दाबी भुक्तानी गर्‍यो

 नेपाल बाहक    २६ जेष्ठ २०८१, शनिबार २०:२६     546 जनाले पढ़िसके


रामेछाप । रिलायव नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख दाबी भुक्तानी गरेको छ । शनिवार मन्थलीमा भएको अभिकर्ता उत्प्रेरण तथा सम्मान कार्यक्रममा १४ लाख बराबरको दाबी भुक्तानी गरिएको हो ।
रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको मन्थली नगरपालिका ७ भटौली निवासी ३४ बर्षिय भीम बहादुर माझीको परिवारलाई दाबी भुक्तानी बापत को रकम १४ लाख रुपैयाँ को चेक हस्तान्तरण गरिएको हो ।
भुक्तानी बापतको रकम माझीकी श्रीमती निशा भन्डरी माझीलाई हस्तान्तरण गरिएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युवराज शर्मा र बागमती प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्तान्तरण गर्नु भएको थियो ।
त्यसै गरी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एजेन्सी एड्भाइजर र एजेन्सी म्यानेजरहरूलाई उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको छ । बनेपा रिजनल अन्तर्गत मन्थली शाखाले शनिवार मन्थलीमा एक दिने उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको हो ।
मन्थली शाखाका शाखा प्रबन्धक पवन घिमिरेको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड का सिनियर म्यानेजर युवराज शर्मा को प्रमुख आतिथ्य बाग्मती प्रदेश प्रमुख सुरेन्द्र थापा को विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सिनियर म्यानेजर युवराज शर्मा ले बिमा के हो किन गरिन्छ बिमा गर्दा को फाइदा बिमा रिलायबल मै किन गर्ने भन्ने बारेमा प्रशिक्षण दिनु भएको थियो ।शर्माले बिमा भनेको बचत र सुरक्षाको को लागि गरिने र बिमा भविष्य मा आइपर्ने समस्याको समाधान आर्थिक सुरक्षा गर्ने मुख्य विषय रहेको बताउनु भयो । कार्यक्रममा बाग्मती प्रदेश प्रमुख सुरेन्द्र थापाले बिमा किन आवश्यक छ कसले कस्तो बिमा गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो।
उहाँले बिमा गर्दा जोखिम हस्तान्तरण हुने तथा जोखिम व्यवस्थापन समेत हुने भएकाले सबैले बिमा गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी भएका अभिकर्ताले बिमाका बारेमा समाजमा अझै बुझाउन आवश्यक रहेको बताएका थिए ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना एजेन्सी एड्भाइजर हरूलाई समय समयमा आधारभूत तथा उत्प्रेरणा कार्यक्रममा सहभागी गराउँदै आएको छ। कार्यक्रम मा ५० जना एजेन्सी एड्भाइजरहरू को सहभागिता रहेको थियो।