ताजा समाचार


महिलाहरूका लागि मन्थलीका सिलाई कटाइ तालिम सुरु

 नेपाल बाहक    २७ जेष्ठ २०८१, आईतवार १९:०२     207 जनाले पढ़िसके


रामेछाप । मन्थलीमा महिलाहरूका लागि सिलाई कटाइ तालिम सुरु भएको छ । आइतबारबाट १५ दिन सम्म चल्ने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिमको सुरु भएको हो ।
मन्थली नगरपालिकाको सहयोग तथा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रामेछापमा टेलर्स व्यवसाय गर्दै आएका २० जना महिलाहरूको सहभागिता रहेको छ । उनीहरूको क्षमता विकासका लागि एडभान्स लेबलको तालिम सञ्चालन गरिएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा भएको तालिमको उद्घाटन मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका १ का वडाध्यक्ष होम प्रसाद पौडेल¸सिलाई कटाई व्यवसायी महासङ्घका केन्द्रीय उप महासचिव सरोज कटुवाल¸ रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी¸ उद्योग वाणिज्य कार्यालयका रामेछापकी प्रतिनिधि यमुना श्रेष्ठको उपस्थिति रहेको थियो ।
तालिमको उद्घाटन गर्दै उप प्रमुख ईश्वरी बस्नेतले तालिमको भरपुर फाइदा उठाउन अनुरोध गर्नु भयो । महिलाहरूलाई घरको समेत जिम्मेवारी रहेका उल्लेख गर्दै आफूले गर्ने पेसामा अब्बल हुने गरी सिप सिक्न अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले सिप सक्न चाहाने हरेक नागरिकलाई तालिम दिने बताउनु भयो ।