ताजा समाचार


२४ सय प्रतिस्पर्धीलाई पछि पार्दैँ रामेछापकी कार्की नेसन गट ट्यालेन्टको उत्कृष्टमा ५ मा

 नेपाल बाहक    ३१ जेष्ठ २०८१, बिहीबार १९:४७     295 जनाले पढ़िसके


रामेछाप । नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की टप ५ मा पर्न सफल हुनु भएको छ । रामेछाप नगरपालिका ८ कि कार्कीले उत्कृष्ट नृत्य गर्दै २४ सय प्रतिस्पर्धीलाई पछि पारेर उत्कृष्ट ५ मा पुग्नु भएको हो ।
सानै देखि पढाई सँगै नृत्यमा गर्न रुचि भएकी कार्की सोको उत्कृष्ट ५ मा पर्न सफल हुनु भएको छ । उहाँलाई थप अघि बढ्न भोटको आवश्यकता पर्ने भएकाले सबैलाई भोट गरेर सहयोग गर्न उनका बुवा केदार कार्कीले अनुरोध गर्नु भएको छ । कार्कीलाई ई सेवा र ग्लोबल आइएमइ पे बाट भोट गर्न सकिने छ ।
गौरीशङ्कर मावि रामेछापमा कक्षा ५ मा अध्ययन गर्ने कार्की भिडियो सन्देश जारी गर्दै भोट गरिदिन अनुरोध गर्नु भएको छ । कार्यक्रम प्रत्येक मङ्गलवार एपि वान टेलिभिजनमा राति ८ बजे देखि ९ बजे सम्म प्रसारण हुँदै आएको छ । हाईलाइट नेपालको युटुव च्यानलबाट समेत प्रसारण हुने सोको निर्णायहरुमा मिथिला शर्मा र गौरी मल्ल रहेका छन् ।