ताजा समाचार


यसो गरे कसो होला ? विद्यालय तहको शिक्षा सुधार गर्न यसो गरौँ

 नेपाल बाहक    १६ असार २०८१, शनिबार १९:१४     153 जनाले पढ़िसके


देशमा जता हेर्यो त्यतै प्वाल देखिन थालेको छ। प्वाल मात्र हैन भ्वाङ नै देखिन थालेको छ। जुन क्षेत्रको कोरमा पुगेर नियाल्यो हात लाग्छ निराशा । आज हामी शिक्षा क्षेत्रभित्रको राम्रा नराम्रा सबैकुरा मन्थन गरौँ । केके निस्कन्छन हेरौँ अनि कसले के हाशिल गर्यो त्यो पनि उजागर गरौँ। १९१० मा दरबार स्कुल स्थापना भएदेखी नेपालमा विद्ध्यालयमार्फत औपचारिक शिक्षा दिन सुरु गरिएको हो। भलै तत्कालिन समयमा दरबारका सन्तानलाई भनेर सुरु गरिएको थियो दरबार हाइ स्कुल । तर अहिले देशभर जनताका छोराछोरीलाई सहज पहुँच नहोला तर जेनतेन स्कुलको पहुँछ छ ।

नेपालको शिक्षामा बारम्बार हल्ला हुने बारम्बार बहस गरिन विषय हो पहिले एसएलसि बोर्ड र हाल एसइइ बोर्ड । शिक्षाले ज्ञान दिन्छ्। शिक्षाले  जिवनमा के गर्नु हुन्छ के गर्दा जिवन सुखद र सहज हुन्छ बुझ्न मद्धत पुर्याउँछ । कक्षा १० को परिक्षा दिन विद्यार्थी सामान्यतया १५ वर्षदेखी १७ वर्ष सम्मका हुन्छन । यो कलिलो उमेरमा फेलपासले उनिहरुमा गहिरो छाप पर्छ हुन त कितावि ज्ञानले मात्र केहि हुने हैन। अद्ययन कम भएका धेरै मानिसहरु संसारमा सफल भएका छन । त्यसो भनेर नपढ्नु भन्ने पनि हुन्न । धेरै पढ्ने मानिसले नपढ्ने मानिसले भन्दा धेरथोर राम्रो नराम्रो छुट्याउन सक्छ्।

 कहाँनेर चुक्यौँ त हामी 

शिक्षामा १०५ भन्दा बढि बजेट छुट्याइएको छ नेपालमा । यति हुँदा पनि शिक्षा निति भने बारम्बार खस्किदो छ । यसको कारण स्पष्ट छ शिक्षा क्षेत्रको दुईधार । यो दुई धार रहँदासम्म गरिब पढ्ने स्कुल र धनि पढ्ने स्कुल फरक हुन्जेलसम्म शिक्षाक्षेत्र यस्तै रहनेछ। अर्कोतिर देश बनाउँछु भन्ने नेताहरु र देश चलाउँछु भन्ने सरकारी कर्मचारीले समेत भ्रष्टाचार गरेर कमाएको अकुत सम्पति प्रत्यक्ष अप्रत्यक्ष निजि स्कुलमा लगानी गरेका छन । उनिहरुका सन्तान कि विदेशमा कि नेपालमै महँगा स्कुलमा लुटेको धनले अध्ययन गरिरहेका छन । यो प्रथाले नै हो नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको । अरुलाई ज्ञान दिन्छु भन्ने शिक्षकले आफ्ना सन्तानलाई भने निजि स्कुलमा महङ्गो शुल्क बुझाएर पढाउनुले बुझिन्छ कि शिक्षा क्षेत्रमा केहि त गलत भैरहेको छ।

शिक्षामा दुई धार हुनु नै शिक्षा क्षेत्र बिग्रनुको पहिलो कारण हो। यो सुधार गरेर सबै स्कुललाई गुठी प्रणालीमा विकास गरी एकै धारको शिक्षा निति अवलम्बन गर्दा देशलाई फाईदा पुग्ने देखिन्छ। रिजल्ट हेर्ने हो भने धेरैजसो सरकारी स्कुल बन्द गरिदिए हुन्छ। जब विद्यार्थी ३३५ नभए फेल हुन्छ भने ४०५ विद्यार्थी आफ्नो विषयमा पास गराउन नसक्ने शिक्षक पनि फेल हुनुपर्छ्। कम्तिमा १ वर्ष निलम्बन गर्नुपर्छ फेल हुने शिक्षकलाई । ८०५ भन्दा बढि विद्यार्थी आफ्नो विषयमा फेल हुने शिक्षकलाई सँधैका लागी शिक्षा क्षेत्रमा त्यो भन्दा माथील्लो डिग्री हाशिल नगर्दासम्मलाई निशेध गरिदिनुपर्छ्। महत्वपुर्ण कुरा यो हो कि अब विद्यार्थीमात्र नभएर शिक्षक पनि फेल हुनुपर्छ। अर्कोतिर सरकारी विद्यालयलाई तत्काल यहि अवस्थामा चलाउँदा विद्यालय व्यवस्थापन समितिमा ति व्यक्तिहरुमात्र हुनुपर्छ जसका सन्तान विद्यालयमा अध्ययन गरिरहेका छन। बाँकी सल्लाहकार राख्दा हुन्छ।

अर्को महत्वपुर्ण कुरा सरकारी विद्यालयहरु स्थानिय सरकारको मातहतमा रहने भएकाले स्थानिय प्रतिनिधिहरु चुनावमा उठ्दा दलबाट उठेका छन भने हरेक दलले वडामा कम्तिमा एक जना स्नातक गरेको र पालिकामा मेयर र उपमेयर मध्य एकजना कम्तिमा स्नातक गरेको व्यक्ति हुनुपर्छ्। एक्ला एक्लै चुनावमा आउने स्वतन्त्रको हकमा यो लागु गर्न सकिन्न।

यो त थियो व्यवस्थापकिय पाटो तर अध्यापन गरिने विधिले नेपालमा कलिला वालवालिकालाई फेल गराउने जस्तो निराशाको खाडलमा जाकेर परिक्षामा फेल भए जिवनमा केहि गर्नै नसक्ने जस्तो भाष्य सृजित गरिएको छ।  त्यो कदापी हैन। कुनै परिक्षामा आएको मार्क्सले जिवन सफल र असफल हुने भन्ने हुँदैहुँदैन। परिक्षामा सोधिने प्रश्न निजि विद्यालय लक्षित हुन्छन अझ भनौँ अङ्ग्रेजी विशेष हुन्छन सबैभन्दा ठुलो समस्या भाषा हो । नेताहरुले खोलेका महँगा निजि विद्यालयमा एक महिना अगाडिनै प्रश्नपत्र सुटुक्क पुगिसक्ने कुरा बाहिर आउनु पनि सामान्य छैन ।

साँच्चै शिक्षा गुणस्तर परिवर्तन गर्ने हो भने अध्यापन गराउने तरिका सुधार्नु आवश्यक छ । १००५ उत्कृष्ट रिजल्ट ल्याउन सक्ने शिक्षकहरु मध्यबाट केहिलाई राज्यले विशेष सेवासुविधासहित नेपालका सबै विद्यालयमा एकैपटक सबै विध्यार्थीलाई अनलाईन अध्यापन गराउने व्यवस्था गर्नुपर्छ। जसले गर्दा स्कुलका शिक्षकले विद्यार्थीलाई गाइड गरेर उत्कृष्ट रिजल्ट ल्याउन सकिन्छ । यसर्थ अहिलेको शिक्षा प्रणालीको समस्या विद्यार्थी हैन शिक्षक हुन भन्दा अत्युक्ति नहोला।

फेरि हाम्रो देश जहाँ नेताले खोलेका मेनपावर र कन्सलटेन्सीले खुलेआम अध्ययनको नाममा काम गर्ने जाने र श्रम गर्न जानेसँग  पैसा असुलेर युवालाई दास बनाएर बेचिरहेका छन  त्यहाँ त्यहाँ कुनैपनि परिक्षाले खासै फरक पर्दैन। विदेश गएर दास बन्न मजदुर बन्न रिजल्टको कुनै अर्थ छैन । सबैलाई पास गरिदिए हुन्छ।

अब के गर्ने त ?

१। सिधासिधा प्रश्न सोधौ ( एसइइ परिक्षामात्र हैन नेपालमा हुने सबै परिक्षामा फेल धेरै हुनाको कारण हो एक अध्यापन राम्ररी नहुनु अर्को अध्ययन भएको विषयमा झुक्याएर प्रश्न गर्न कोशिश गरिनु । २० ओटा प्रश्न सोध्ने हो भने १०० ओटा प्रश्न दिएर तयारी गर्न लगाउँदा विध्यार्थीले त्यहिअनुसार तयारी गर्न सक्छ। जसले रिजल्ट सुधार्न मद्धत पुर्याउने छ।

२। गुरु प्राणाली अभ्यास गर्ने ( विध्यालयमा धेरै शिक्षक हुन्छन धेरै विद्यार्थी हुन्छन्। जसमध्य कुनै कुनै विद्यार्थीको कुनै शिक्षकसँग सेन्टिमेन्ट जोडिएको हुन्छ। यसैले विध्यालयमा हप्तामा पाँचदिन पढाई भएपछि एकदिन आफ्नो विशेष शिक्षकसँग विद्यार्थीलाई समय बिताउन दिनुपर्छ । जसले गर्दा विद्यार्थीले आफ्नो गुरुसँग आफ्न सबै कुरा खुलेर राख्न सक्छ्।

३। अन्तरस्कुल भ्रमण र अध्ययन गर्ने तिन महिनामा एक पटक आपसी समझदारीमा अन्तरस्कुल अध्ययन कार्यक्रम गर्दा फरकफरक विध्यालयका विध्यार्थी एकै ठाउँमा भएर अध्यापन गराउँदा विद्यार्थीमा अध्ययन गर्न नयाँ उर्जा थपिन्छ।

४। १००५ रिजल्ट ल्याउने विद्यार्थीको उत्तरपुस्तिका नाम हटाएर पब्लिक गर्ने( धेरै विद्यार्थी फेल हुनुको कारण उत्तर नआएर भन्दा पनि लेख्ने तरिका नजानेर फेल हुन्छन। यसर्थ विगत पाँच वर्षदेखीका १००५ रिजल्ट आएका उत्तरपुस्तिका सके पृन्टे नत्र डिजिटल मात्रै भएपनि पब्लिक गरिदिने हो भने धेरै विद्यार्थी पास हुन्सक्छन।

४। विद्यालयभित्र कुनै राजनैतिक दल र दलका भातृसंगठनका कार्यक्रम गर्नेलाई कारबाही गर्ने ( राजनितिक दल र तिनका भातृसंगठनका कार्यक्रमले विद्यालयमा एकखाले हुल्लडबाज जमात बढाउँछ्। जसले अद्ययन भन्दा पनि हुलमुल गर्न गफ ठोक्ने चलन बढ्छ्। पढाईमा असर गर्छ्। यसर्थ राजनितिक कार्यक्रम सिधै गर्ने या झुक्याएर गर्ने दुबैलाई कारबाहिको दायरामा ल्याउन कानुन बनाउनुपर्छ्।

५। सकेसम्म पास गराउने फेल भैहाले सिप सिकाएर सर्टिफिकेट दिने ( कक्षा दश अर्थात एसइइमा फेल हुने विद्यार्थीलाई रिजल्टलगत्तै निशुल्क उसको लगाव के मा छ त्यहिअनुरुप विशेष सिप सिकाउने। निशुल्क किनभने विशेषगरि फेल हुने विद्यार्थीहरु गरिव परिवारबाट सरकारी स्कुलमा पढ्ने हुन्छन । सिप सिकाएर  दुइ वर्षमा निजले उक्त सिपमा पाएको पारंगत हेरि १२ कक्षा पास सरहको सर्टिफिकेट दिने व्यवस्था गर्ने जसले रोजगारीमा मद्धत पुर्याउँछ।

६।  नैतिक शिक्षा र नेपालप्रेम शिक्षा अनिवार्य गर्ने ( विद्यार्थीलाई नैतिक शिक्षा अति आवश्यक हुन्छ । नैतिक शिक्षाले कतिपय अनुशासनहिन विद्यार्थीलाई अनुशासित बनाउन मद्दत पुर्याउँछ। चिट चोरेर पनि पास हुनै पर्छ भन्ने गलत भाष्य अन्त्य गर्नुपर्छ। देशमा अब शिक्षित चोर हुर्काउनु हुँदैन । साथै कतिपय विद्यार्थीलाई देशप्रेमका कुराले पनि पढ्न प्रेरित गर्दछ्। त्यसैले हाम्रो शिक्षामा भैरहेको  सामाजिक विषयमा या त नयाँ विषय बनाएर भएपनि नैतिक शिक्षा र नेपालप्रेम शिक्षा अनिवार्य गर्नुपर्छ।

७।  शिक्षकको तलव मासिक दिने ( जति पनि सरकारी शिक्षकहरु छन उनिहरुलाई तिन तिन महिनामा तलव दिने प्रणालीले शिक्षकहरु निरास हुन्छन । आफै निरास भएको व्यक्तिले अरुलाई ज्ञाान दिन सक्दैन्। तिन महिनामा आएको तलवले आठ दश दिन उत्प्रेरित गरेपनि फेरि उहि अवस्था आउँछ्। यसर्थ शिक्षकको तलव महिनैपिच्छे दिनुपर्छ्।

८। उत्कृष्ट रिजल्ट ल्याउने शिक्षकमार्फत भर्चुअल अध्यापन गराउने ( अहिलेको समयमा धेरै कुरा भर्चुअल भैरहेका छन। जूम गुगल मिट जस्ता एप्लिकेसन मार्फत संसारको जुनसुकै कुनाबाट पनि लाइभ मिट गर्न सकिन्छ्। यदि यस्ता डिजिटल प्लेटफर्मको सदुपयोग गर्ने हो भने उत्कृष्ट रिजल्ट ल्याउन सफल शिक्षकमार्फत देशभरका सबै विद्यार्थीलाई एकैपटक पढाउन सकिन्छ। शिक्षक नभएर विद्यार्थीले पढ्न नपाएको समस्या पनि समाधान हुन्छ।जसले रिजल्ट सुधार्न मद्धत पुर्याउँछ ।

९। विद्यार्थी मात्र हैन शिक्षक पनि फेल हुने प्रणाली विकास गर्नुपर्छ ( ६०५ माथी विद्यार्थी फेल बनाउने शिक्षकलाई फेल मानेर निलम्बन या घटुवा गर्ने र आफ्नो विषयमा १०० प्रतिशट विद्यार्थी पास गर्न सक्ने शिक्षकलाई पुरस्कृत गर्नुपर्छ। आफ्नो विषयमा पढाउन नजान्ने शिक्षक किन राख्ने। सबै विद्यार्थी फेल हुने विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समितिका अध्यक्ष समेतलाई पदबाट हटाईदिदा हुन्छ्।

माथी उल्लेखित बुँदा अभ्यास गर्न सकेको खण्डमा माध्यमिक तहको शिक्षामा धेरै सुधार आउन सक्छ्। उच्च माध्यमिक र विश्वविद्यालय तहको सुधार समेत आवश्यक त छदैछ्। साँच्चै हामीले शिक्षा क्षेत्र राम्रो होश भन्ने चाहन्छौँ भने सरकार निजि संयुक्त प्रणाली अभ्यास गरेर अगाडि बढाउनु आवश्यक छ । परिक्षणका लागी केहि सरकारी विद्यालय सेवा सुविधा र विशेसाधिकार सहित  निजि विद्यालयका संचालकलाई जिम्मा दिएर चलाउन लगाउँदा हुन्छ। शिक्षा क्षेत्र सुधार गर्न सकेको खण्डमा देश आफै सुध्रीनेछ ।

लेखकः एच बी खत्री, स्वतन्त्र नेत्रीत्ववादका लेखक एवं स्वतन्त्र राजनितिक चिन्तक हुन ।