ताजा समाचार


पत्रकार बिकको उपचारका लागि एमाले नेता गौतमको आर्थिक सहयोग

 नेपाल बाहक    २५ असार २०८१, सोमबार २०:०८     223 जनाले पढ़िसके


रामेछाप । नेकपा एमालेका नेता रत्न प्रसाद गौतमले पत्रकार लेख बहादुर बिकलाई आर्थिक सहगोग गर्नु भएको छ ।
वीर अस्पतालमा उपचार गराइरहेका पत्रकार विकलाई नेकपा एमाले नेता गौतमले २० हजार सहयोग गर्नु भएको हो । ढाडमा समस्या आएपछि अप्रेसनको लागि वीर अस्पतालको क्याबिन नं ३१४ मा उपचार गरि रहनु भएको छ ।
यसै गरी नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले १९ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । यस अघि नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पनि उहाँको उपचारमा आर्थिक सहयोग गर्नु भएको थियो ।
बिक प्रेस चौतारी नेपालका वाग्मती प्रदेश कमिटी सदस्य हुनुहुन्छ । हाल उहाँ रामेछाप सदरमुकाम मन्थलीबाट प्रसारित रेडियो इनर्जी १०६।२ मेघार्जमा कार्यरत हुनुहुन्छ । विक तामाकोसी अनलाइको सह–सम्पादक पनि हुनुहुन्छ ।