ताजा समाचार


सानीमदौका बालबालिकाहरूलाई एक महिने नृत्यकला तालिम

 नेपाल बाहक    २५ असार २०८१, सोमबार २०:४०     174 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिका १ सानिमदौका बालबालिकाहरूका लागि एक महिने नृत्य प्रशिक्षक कार्यक्रम सुरु भएको छ ।

सानीमदौ सामुदायिक सिकाई केन्द्र मन्थली १ रामेछापको आयोजनामा गत १९ गते देखि एक महिने नृत्य प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।  सुरुमा २० जना सहभागी रहने गरी कार्यक्रम आयोजना गरिए पनि हाल सम्म  खाँदवारी, सानिमदौ र सापमारे एरिका ६० जना बढी बालबालिकाले नृत्यकलाको प्रशिक्षण लिई रहेको संस्थाका अध्यक्ष  तीर्थराज सुवेदीले जानकारी बताउनु भयो ।

सहभागी बालबालिकाहरूलाई बुद्धकला केन्द्र मन्थलीका नृत्य प्रशिक्षकले प्रशिक्षण गरिरहनु भएको छ । संस्थाले यस कार्यक्रम पश्चात् ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र अन्तर विद्यालय हाजिरी जवाफ गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताउनु भयो ।