ताजा समाचार


चनखुमा बास बोकेरको ट्रक दुर्घटनाः चालक सहित ३ जना घाइते

 नेपाल बाहक    २५ असार २०८१, सोमबार २१:३६     195 जनाले पढ़िसके


रामेछाप  । चनखुबाट मन्थली आउँदै गरेको ट्रक दुर्घटना भएको छ । बास बोकेर मन्थली आउँदै गरेको ट्रक दुर्घटना हुदाँ सोहि ट्रकका चालक सहित ३ जना घाईते भएका छन् ।

सोमबार साँझ बाँस बोकेर मन्थली तर्फ आउँदै गरेको ट्रक चनखुको ढले पिपलको बोट ओरालोबाट करिब १०० मिटर तल खस्दा चालक सहित तीन जना घाइते भएका स्थानीयले बताए ।

चालकको अवस्था गम्भीर रहेको प्रक्षयदर्शीले बताएका छन् । घाइतेको स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि मन्थली पठाइएको छ । घटना बारे थप विवरण आउन बाकी नै छ ।