ताजा समाचार


बोलेर दुर्घटना हुँदा एक जनाको मृत्यु: ९ जना घाइते 

 नेपाल बाहक    २६ असार २०८१, मंगलवार २१:१०     149 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिकाको वडा नम्बर ७ र खाँडादेवी गाउँपालिका वडा न: ९ को सिमानामा बोलेरो गाडी दुर्घटना भएको छ । सोमबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

रामेछापका प्रहरीले निरीक्षक दिनेश थापाका अनुसार दुर्घटनामा परि ९ जना घाइते भएका छन् । प्रदेश ३ च ३९०९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि मन्थली नगरपालिका ७ की ६५ वर्षीय माया बिकको मृत्यु भएको छ । घाइतेको उपचारका लागि मन्थली अस्पताल ल्याइएको छ । घटनाका बारेमा थप विवरण सङ्कलन भई रहेको रामेछाप प्रहरीले जनाएको छ ।