ताजा समाचार


रामेछापमा सामुदायिक र निजि विद्यालयको नागरिक स्थतरको अनुगमन गरिने

 नेपाल बाहक    १७ फाल्गुन २०७५, शुक्रबार १३:०२     800 जनाले पढ़िसके


रामेछाप । फागुन १७ गते,
मानवअधिकार संरक्षण संजाल रामेछापले जिल्लाको शिक्षा क्षेत्रमा देखा परेको विभिन्न समस्याहरुमा आफ्नो ध्यानाकर्षन भएको जनाएको छ । संजालले जिल्लाको विभिन्न स्थानहरुमा पुननिर्माण गरिएका २२ वटा भन्दा बढि विद्यालय भवनहरु मापडण्ड विपरित निर्माण गरिएको , विभिन्न विद्यालयहरुले अनेकौ वहानामा अझै अभिभावकहरुसंग शुल्क अशुली गरिरहेको र सामुदायिक तथा निजि विद्यालयहरुले लापरवाही गरिरहेको भन्दै ध्यानाकर्षन भएको जनाएको हो ।
युएसएडको आर्थिक सहयोगमा एफएच आई ३६० र हुराडेक दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोना अन्तर्गत शुक्रबार संजालले सदरमुकाम मन्थली आयोजना गरेको सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षाको लागि नागरिक समाज र पत्रकारको भूमिका विषयक छलफल कार्यक्रममा सहभागिहरुले जिल्लाको शिक्षा क्षेत्रमा लापरवाहि भैरहेका बताएका छन् ।
कार्यक्रममा मानव अधिकार संरक्षण संजाल रामेछापका संयोजक पाण्डव प्रसाईले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुका बारेमा सरोकारवाला निकायको ध्यानाकर्षन गरिने बताए । उनले जिल्लाको शिक्षा क्षेत्रको समस्याका बारेमा मानव अधिकार संजाल रामेछापले एक विशेष टोली बनाएर सामुदायिक तथा निजि दुवै विद्यालयहरुको नागरिक स्थतरको अनुगमन गरिने बताए ।
भूकम्पले क्षति भएका जिल्लाका कतिपय विद्यालयमा अझै पनि पुननिर्माणको कुनै पनि काम संचालन हुन नसकेको, धेरै ठाउँमा निर्माण गरिएको विद्यालय भवनहरु मापडण्ड विपरित भिएको र विभिन्न विद्यालयहरुले विभिन्न वाहाना बनाएर विद्यार्थी तथा अभिभावकहरुसंग शुल्क अशुली गरिरहेको भन्दै यसमा संजालको गम्भीर ध्यानाकर्षन भएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, आदिवासी जनजाति महासंघ रामेछापका पुर्व अध्यक्ष खड्क बहादुर मगर, जिल्ला वार यसोसियसन रामेछापका पुर्व अध्यक्ष वावुकाजी दाहाल, लगाएतले जिल्लामा संचालित निजि तथा सामुदायिक दुवै विद्यालयहरुमा धेरै खालका समस्या देखिएका भन्दै अनुगमन गर्न आवश्यक रहेको बताए । जिल्लामा विभिन्न सञ्चार माध्ययममा कार्यरत सञ्चारकर्मीहरु र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको कार्यक्रमको हुराडेक दोलखाद्वारा संचालित पारस्पारिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक नवराज पथिकले सहजिकरण गरेका थिए ।