ताजा समाचार


संसद बिघटन गर्ने सरकारको निणय सर्वोच्च अदालतद्धरा बदर

 नेपाल बाहक    ११ फाल्गुन २०७७, मंगलवार १८:५९     1417 जनाले पढ़िसके


काठमान्डौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर भएको फैसला सुनाएका हुन् ।
यसैगरी सर्वाेच्चको आदेशमा आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।