ताजा समाचार


तामाकोसी नदिको किनारमा बेवारिसे लास भेटियो

 नेपाल बाहक    ६ फाल्गुन २०७७, बिहीबार १९:१८     1336 जनाले पढ़िसके


रामेछाप । तामाकोसी नदिको किनारमा बेवारिस लास भेटिएको छ । बिहिबार दिउसोँ तामाकोसि नदिको किनारमा एक पुरुषको लास भेटिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रबक्ता शंकर श्रेष्ठले जानकारी दिनु भयो । प्रबक्ता श्रेष्ठका अनुसार बिहिबार अपरान्ह् ४ : ३५ बजेको समयमा लास भेटिएको हो ।
रातो ज्याकेट,निलो ट्रयाक लगाएको अंन्दाजी ५०÷५५ वर्षका पुरुषको शव फेला परेको भनि स्थानियबाट खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट प्रहरी निरीक्षक सहित १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछाप मन्थलीबाट सशस्त्र प्रहरी निरीक्षक सहित १५ जनाको टोली घटनास्थरमा पुगि शवलाई तामाकोशी नदिबाट निकाली मुचुल्का उठाइएको रामेछाप प्रहरी जनाएको छ ।
मृत्यकको सनाखत नभएको र शव पोष्टमाटमको लागि प्रथामिक स्वास्थ्य स्वाथ्थ चौकि मन्थलीमा लगिएको छ ।