ताजा समाचार


नबजागरण साकोसको सहकारी अध्यन अबलोकन भ्रमण सम्पन

 नेपाल बाहक    १ चैत्र २०७५, शुक्रबार १२:२०     858 जनाले पढ़िसके


चैत १ रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको नबजागरण सकोसले सहकारी अध्ययन अबलोकन भ्रमण सकेर टोलि मन्थली फर्किएको छ । ३२ सदस्य अबलोकन भ्रमण टोलिले बिभिन्न जिल्लाका उष्कृट सहकारी , पर्यटकिय तथा धार्मिक स्थलको भ्रमण गरेका छ । संस्थाका सचिब सोमेस थापाको नेतृत्वमा रहेको ३२ सदस्य भ्रमण टोलिले हेटौँडा , चितवन , नवलपरासी ,रुपन्देहि बुटलवल र भैरहवा लगाएतका साकोस , धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गरेको हो । सहकारी अध्ययन अबलोकन तथा भ्रमण टोलिले हेटौँडाको सहिद स्मार पार्क , नबलपरासि जिल्लाको देवचुलिमा रहेको परोपकार सकोस , रुपन्देहि जिल्लाको लुम्बीनिमा रहेको प्रसिद्व धर्मिक तथा पर्यटकिय स्थाल गौतम बुद्वको जन्म स्थल ,रुपन्देहि जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको जनउत्थान साकोस र बुटवलमा रहेको उप महानगरपालिकामा रहेको फुलबारी पार्क , पाल्पा जिल्लामा रहेका रुरु क्षेत्र कलिगण्डकि , पाल्पा जिल्लामा रहेको भैरवि माहादेव , पाल्पाकै ऐतिहासिक ठाउँ पाल्पा दरबार संग्रलय भ्रमण गरेको छन् । भ्रमणको क्रममा भ्रमण टोलिले सहकारीले लगानि गरेका ब्यबस्थायको स्थलगत अनुगमन समेत गरेका थियो । भ्रमणले आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा ऋण कारोबार नियमित गराउनु सहयोग पुग्ने अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास संस्थाले लिएको छ ।