ताजा समाचार


सानीमदौ सामुदायिक वन क्षेत्रमा २ हजार विरुवा रोपिने

 नेपाल बाहक    ३१ असार २०७६, मंगलवार १३:४४     613 जनाले पढ़िसके


रामेछाप , असार ३१ गते ।
रामेछापको मन्थली नगरपालिका १ स्थित सानीमदौ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिने भएको छ । मन्थली क्याम्पस भन्दा माथी खुल्ला वनक्षेत्रको पाखामा विरुवा लगाईने भएको हो । सो प्रयोजनको लागी अहिले पाँच हेक्टर खुल्ला ठाउँमा तिन फिट गहिरो नौ सय ओटा खाडल तयार गरिएको छ । सुख्खा पाखोलाई हरियालीमा परिणत गर्ने उद्धेश्यले वृहत्त वृक्षारोपण महाअभियान अन्तर्गत यो वर्षायाममा २ हजार विरुवा रोपिने सानीमदौ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष युवराज सुवेदीले जानकारी दिए। उनका अनुसार साउन महिनाको पहिलो साताभित्र सामुदायिक वन क्षेत्रमा निम,क्यासिया,श्रीखण्ड,लिचि,आँप लगाएतका विरुवाहरु रोपिने छन् । आवश्यक विरुवा वातावरण संरक्षण परियोजनाले उपलब्ध गराउने कोषाध्यक्ष सुवेदीले बताउनुभयो । वर्षायाममा घाँसमात्र हुने र हिउँदमा सुक्खा हुने सानीमदौ सामुदायिक वन क्षेत्रमा अव विरुवा लगाएर हरियाली बनाउने बताईएको छ । विरुवालाई सिंचाईको लागी पाईपलाईन मार्फत पानी पु¥याईने सामुदायिक वनका अध्यक्ष अम्बिका प्रसाद काफ्लेले बताए ।