ताजा समाचार


नवजागरण साकोस २१ वर्षमा

 नेपाल बाहक    १२ श्रावण २०७६, आईतवार १०:०७     907 जनाले पढ़िसके


रामेछाप । साउन १२ गते
रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारीले आफ्नो स्थानको २० बर्ष पुरा भएको अबसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले २१ औ स्थापना दिवस आइतबार आफ्नै कार्यालय मन्थलीमा चियापान गरी मनाएको हो । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको २१ वर्षको प्रगतिको बारेमा जानकारी गराइएको थियो । स्थानीय महिलाहरुले १० हजार रुपैयाँबाट सुरु गरेको सो सहकारीको पुँजि अहिले ३६ करोड १२ लाख पुगेको छ । संस्थाको हाल २५ करोड २० लाख रुपैयाँ बचत तथा २६ करोड ११ लाख रुपैयाँ ऋण लगानी भएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिए । सहकारीका अध्यक्ष श्याम थापाले राज्यलको कानुन र मापदण्ड पुरा गरी शेयर सदस्यहरुलाई सबैभन्दा बढी मुनाफा दिन आफ्नो संस्था सफल भएको दावि गरे । सो सहकारीमा ५ हजार ९ सय ९ शेयर सदस्यहरु रहेका छन् ।