ताजा समाचार


रामेछापमा सवारी कारवाहीबाट ७९ लाख ९५ हजार ५ सय राजश्व संकलन

 नेपाल बाहक    ५ भाद्र २०७६, बिहीबार १२:५६     663 जनाले पढ़िसके


रामेछाप ५ भदौ ।
रामेछाप जिल्लामा अर्थिक बर्ष २०७५÷०७६ सवारी कारबाहि बाट सवारी कारवाहीबाट ७९ लाख ९५ हजार ५ सय राजश्व संकलन भएको छ । गत आर्थिक बर्षमा नियम बिपरीत सन्चालन गरिएका ११ हजार ४ सय ६३ वटा सबारी तथा ढुवानीसाधन सो रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीले जानकारी दिनु भयो । उन सवारी दुर्घटनामा परी एक बर्षमा २६ जनाले ज्यान गुमाएको बातउनु भयो । रामेछाप जिल्लामा आर्थिक बर्ष २०७५÷०७६ मा भएका साना तथा ठुला दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा भन्दा दुर्घटना संख्या र ज्यान गुमाउँनेको संख्या पनि कम भएको हो । उनले आर्थिक बर्ष २०७४÷०७५ मा जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परी २८ जनाले ज्यान गुमाएका थिए ।
रामेछापमा ट्राफिक नियम सम्बन्धी चेतनामूलक अभियान संगै ट्राफिक व्यवस्थामा अझ कडाई गर्दै जाने उनको भनाई छ । ट्राफिक नियमलाई अटेर गर्ने जो कोहीलाई पनि छुट नहुने उनले चेतावनी दिए । जिल्लाको ट्राफिक व्यवस्थापनमा थप मजवुद बनाउँनका लागि यो आर्थिक बर्षमा मन्थली नगरपालिकासंग समन्वय गरी बजार क्षेत्रको व्यवस्थापन गर्ने बिषयमा विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरिने उनको भनाई छ ।