ताजा समाचार


स्थानिय तहलाई पारदर्शि र इमान्दार भएर काम गर्न मन्त्री ढुगेलको आग्रह

 नेपाल बाहक    १४ कार्तिक २०७६, बिहीबार १२:२०     336 जनाले पढ़िसके


रामेछाप । कार्तिक १४ गते,
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले नेपालमा सहकारीले एकताको भावनाको विकास गरेको बताएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकामा खाँडादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन तथा नवौँ बार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् । मन्त्री ढुंगेलले वर्तमान सरकार सहकारी र निजि क्षेत्र संग सहकार्य गरेर आर्थिक समृद्धिको बाटोमा लग्ने समेत बताए । पुर्वाधार निर्माणको काम धेरै अगाडि बढेको बताउँदै मन्त्री ढुंगेलले पारदर्शि र इमान्दार भएर काम गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।
खाँडादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद एवं नेकपा रामेछापका इन्चार्ज देवशंकर पौडेलले सहकारी मार्फत विकासको धेरै संभावना रहेको बाताए । उनले आय आर्जन र आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सहकारीहरुलाई आग्रह गरे ।
जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सहकारी अभियान नेपालका प्रभावकारी भएको बताए । उनले गाउँगाउँमा संचालनमा रहेका सहकारीहरुले ग्रामिण क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान गरिरहेको बताए । खाँडादेवी गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङले गाउँपालिका सहकारी मार्फत कृषि , पशुपालन लगायत विभिन्न व्यवसायका लागि सहयोग गाउँपालिकाको आर्थिक विकास गर्न लागि परेको बताए ।
एक हजार ६ सय ६१ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक बर्ष २०७५÷०७६ मा ४ करोड ४९ लाख रुपैयाँको आर्थिक कारोबार गरी २८ लाख रुपैया मुनाफा कमाउँन सफल भएको सहकारीका अध्यक्ष एवं खाँडादेवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिए । ३ करोड ९७ लाख कुल बचत , ४ करोड ऋण लगानी रहेको सहकारीको शेयर पँुजी ६३ लाख ४३ हजार रहेको उनको भनाई छ ।