ताजा समाचार


निबृत्त शिक्षक समाज रामेछापको अध्यक्षमा श्रेष्ठ

 नेपाल बाहक    १ मंसिर २०७६, आईतवार ०९:४८     601 जनाले पढ़िसके


रामेछाप , मंसिर १ गते ।
नेपाल निबृत शिक्षक समाज रामेछापको अध्यक्षमा गुञ्ज बहादुर श्रेष्ठ चयन हुनु भएको छ । शनिवार मन्थलीमा सम्पन्न जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षता २१ सदस्या कार्यसमिति चयन गरेको हो । तदर्थ समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला अधिबेशनले पुन श्रेष्ठलाइनै अध्यक्ष चयन गरिएको थियो ।
कार्यक्रममा नेपाल निबृत्त शिक्षक समाजको केन्द्रिय अध्यक्ष चुडामणि शर्मा कट्टेल, महासचिब इश्वर बहादुर श्रेष्ठ, जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख भरत भट्टराई बिभिन्न शिक्षक संघ संगठनका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले बोलेका थिए ।