ताजा समाचार


रामेछापमा ५ सय ९४ जनाको आरडिटि र ३५ जनाको पिसिआर बिधि बाट कोरोना परिक्षण

 नेपाल बाहक    ११ जेष्ठ २०७७, आईतवार ०९:४९     493 जनाले पढ़िसके


रामेछाप । रामेछापमा ५ सय ९४ जनाको आरडिटि र ३५ जनाको पिसिआर बिधि बाट कोरोना परिक्षण गरिएको छ । रामेछाप अस्पतालका अनुसार हाल सम्म ४ सय ७६ जना पुरुष र १ सय १८ जना महिलाको कोरोना परिक्षण गरिएको छ । रामेछाप अस्पतालका अनुसार हालसम्म मन्थली नगरपालिकामा १ सय ८१ जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा १ सय ३५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएको छ ।
रामेछाप जिल्लामा २०७७ बैशाख २ गतेबाट कोरोना परिक्षण सुरु गरिएको थियो ।