ताजा समाचार


ओखलढुगां थप १५ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    १ श्रावण २०७७, बिहीबार १२:१०     347 जनाले पढ़िसके


ओखलढुंगा । ओखलढुगांमा बिहिवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत ओखलढुंगामा १५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ जनाइएको छ ।
सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा खटिएका १५ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएकोे हो । केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।