ताजा समाचार


राष्ट्रिय परिचय पत्रको लागि रामेछापमा ३ सय ६७ जनाको विवरण संकलन

 नेपाल बाहक    २० श्रावण २०७७, मंगलवार १०:४१     494 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्लामा पनि राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य जारी रहेको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गत साउन १ गते व्यक्तिगत विवरण सहित फोटो खिचाए पछि रामेछापमा औपचारीक रुपमा विवरण संकलनको कार्य सुरु भएको हो।

विवरण संकलन कार्य सुरु गरिएको २० औँ दिनसम्म ३ सय ६७ जनाको विवरण संकलन भएको कम्युटर अपरेटर कुमार श्रेष्ठले जनाकारी दिनु भएको छ । हाल विवरण संकलन जिल्ला प्रशासन कार्यलय रामेछापबाट मात्र भएको र दैनिक २५ देखि ३० जना सम्मको विवरण संकलन भएको श्रेष्ठले बताउनु भयो ।

हाल विवरण संकलन कार्य जिल्ला प्रशासन कार्यलय रामेछापबाट मात्र भएको छ । निकटमै जिल्लाका सबै स्थानीय तहबाट विवरण संकलन गरिने छ ।

सरकारले वि।स २०७५ मंसिर ३ गते पाँचथर जिल्लाका १०१ वर्षका जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरणको औपचारिकरुपमा सुरुवात गरेको थियो । नागरीकताको संकल प्रति सहित जिल्ला प्रशासनका स्वयम उपस्थीत भई राष्ट्रिय परिचय पत्रको लागि आफ्नो विवरण दिन सकिन्छ ।

सरकारले व्यक्तिका सबै विवराण एकै ठाउँमा राख्ने गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ ।