ताजा समाचार


एसइईमा नम्बर कम दिएको भन्दै बिद्यार्थिले शिक्षक कुटे

 नेपाल बाहक    १४ भाद्र २०७७, आईतवार ११:५१     566 जनाले पढ़िसके


सिन्धुली । सिन्धुलीको एक सामुदायिक बिद्यालयका शिक्षकलाई बिद्यार्थिले नै कुटपिट गरेका छन् । एसईइको परिक्षामा कम नम्बर दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउपालिका ७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले शिक्षक कुटेको समचार सिन्धुली सौगातले प्रकाशन गरेको छ । कम नम्बर दिएको भन्दै गणेश माबिका बिद्यार्थिले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाइ गरेको समचारमा उल्लेख गरिएको छ ।
शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन वन्चीत हुने भन्दै प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई सोहि बिद्यालयका विद्यार्थीले कुटपिट गरेको शिक्षक झलक दाहालले बताउनु भयो । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाइ मुखमा हिर्काए को र अर्का शिक्षकलाइ लछार पछार पारि कुटपिट गएको उहाँको भनाइ छ ।
विद्यार्थीहरुको कुट पिट बाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भि र चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठ समेत का टे को छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडा छ ।
दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।