ताजा समाचार


रामेछापमा १२ सय ६६ जनाको स्वाब परिक्षण : ५५ रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २१ भाद्र २०७७, आईतवार ०९:२८     323 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा १२ सय ६६ जनाको स्वाब संकलन गरिएको छ । बिभिन्न कोरोना प्रभाबित स्थान बाट आएका १२ सय ६६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको हो । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा सो बिषयमा जनाकारी गराइएको थियो । जारी बिज्ञप्ति अनुसार हाल सम्म परिक्षण गरिएका मध्ये ४३ जना रिर्पोट पोजेटिभ आएको छ भने एघार सय ६८ जनाको रिर्पोट नेकेटिभ र ५५ जनाको रिर्पोट आउन बाकिँ रहेको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसि अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ३ सय ७६ , रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा ९८ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।