ताजा समाचार


काठमान्डौँ बस्ने रामेछापका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ३ आश्विन २०७७, शनिबार १७:२४     334 जनाले पढ़िसके

रामेछाप । शनिबार रामेछापका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
आज संक्रमण हुनेमा मन्थली १० कि २० बर्षकि महिला, मन्थली ८ का ३३ बर्षका पुरुष , रामेछाप ३ का ३५ बर्षका पुरुष, मन्थली१४ का ३६ बर्षका पुरुष खाडादेबि ३ का ३४ बर्षका पुरुष र खाडादेबि ३ कै २६ बर्ष र २२ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाले जनाकारी दिनु भयो ।
संक्रमितहरुको लामो समय देखि काठमान्डौँ बस्दै आएका थिए । उनिहरुको स्वाब काठमान्डौँ मै संकलन गरी पिसिआर परिक्षण गरिएको थियो । यो संगै जिल्ला बाहिर बस्ने रामेछापका ७७ जनामा कोरोना संक्रमणको पुष्टि भइ सकेको छ ।