ताजा समाचार


रामेछापमा ७१ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ : १५ जना आइसोलेसनमा

 नेपाल बाहक    ९ आश्विन २०७७, शुक्रबार १३:३५     339 जनाले पढ़िसके


रामेछाप । रामेछापमा ७१ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । रामेछापमा हाल सम्म १४ सय ७९ जनाको स्वास्ब संकलन गरि पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये १३ सय ४४ जनाको रिर्पोट नेकेटिभ आएको छ भने ६४ जनाको रिर्पोट नेकेटिभ आएको छ । बिहिबार संकलन गरेका ७१ जनाको रिपोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । ।

स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ८७ , रामेछाप नगरपालिकामा १ सय ६३ , उमाकुण्ड गाउँपालिकामा १ सय ६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको हो ।
हाल सम्म मन्थली नगरपालिकाका २७ जना, रामेछाप नगरपालिकाका ४ जना, गोकुलगंगा गाउँपालिकाका १९ जना, दोरम्बाका १ जना, लिखुतामाकोसिका ११ जना र सुनपातिका २ जना गरी ६४ जनामा कोरोना संक्रमण भएको थियो । जस मध्ये ४९ जना संक्रमित निकोभएर फर्किएका छन् । अव रामेछाप जिल्लामा संक्रिय संक्रमितको संख्या १५ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।