ताजा समाचार


रामेछापको दोरम्बाका ट्क्याटर दुर्घटना : दुई जनाको घटना स्थलमै निधन

 नेपाल बाहक    २० आश्विन २०७७, मंगलवार १०:१३     585 जनाले पढ़िसके


रामेछाप । रामेछापमा ट्क्याटर दुर्घटना हुदाँ दुई जनाको निधन भएको छ । सोमबार बेलुका ८ः३० बजे दोरम्बा गाउँपालिका वडा न. ४ सानो शैलुङमा ट्क्याटर दुर्घटना हुदा दुई पुरुषको निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोकबाट डिजेज लिएर दोरम्बाको सानो शैलुङ तर्फ आउदैँ गरेको ना.७ त ८७३ नम्बरको ट्क्याटर दुर्घटना हुुदाँ ट्क्याटर चालक २७ बर्षका पेमा लामा र सोहि ट्क्याटर सबार ५५ बर्षका फुर्वा दोर्जेको घटना स्थलजमै निधन भएको हो । ट्क्याटर दुर्घटना कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठलले जनकारी दिनु भयो ।