ताजा समाचार


हास्यकलाकार शिवहरी पौडेललाई मातृशोक

 नेपाल बाहक    ४ कार्तिक २०७७, मंगलवार १०:२९     553 जनाले पढ़िसके


काठमाडौ – कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । पौडेलको आमाको निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टटास लेखेकी छन् ।

पौडेलको आमाको एक सय बर्षको उमेरमा निधन भएको दिपाले उल्लेख गरेकी छन् । उनले फेसवुकमा लेखेकी छन्, १०० सम्म आमा ले सन्तान लाई माया अनि दाई ले आमा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पि’डा मलाई नी थाहा छ तर मनलाई बुझाउनु पर्छ दाई ।

भावपूर्ण श्रद्धांजली आमा को आत्माले शान्ती पाओस
त्यस्तै कलाकार पौडेलले पनि सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनी फेसवुकमा लेख्छन्, दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा ।

१०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु ।