ताजा समाचार


सुनपाती गाउँपालिकामा एक महिला सहित थप चार जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ७ कार्तिक २०७७, शुक्रबार १२:१४     419 जनाले पढ़िसके


रामेछाप । रामेछापको सुनपाति गाउँपालिकाका थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितको स्वाब कात्तिक ३ गते संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । ३६ जनको स्वाब संकलन गरि पठाइएकोमा चार जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यलयका अनुसार रामेछापको सुनपाति गाउँपालिकाका एक महिला र ३ जनामा पुरुषमा कोरोना संक्रमाण भएको हो । संक्रमित चारै जना सुनपाति गाउँपालिका ५ खनियापानिका रहेको स्वास्थ्य कार्यलय रामेछापका जनस्बास्थ निरिक्षक भुवन थापाले जानकारी दिनुभयो । संक्रमित हुनेमा २८ बर्षकि महिला र ६५,१७ र ४५ बर्षका पुरुष रहेका छन् ।