ताजा समाचार


रामेछापमा कोरोना संक्रमितको संख्या एक सय ९७ पुग्यो

 नेपाल बाहक    १७ मंसिर २०७७, बुधबार १६:१४     397 जनाले पढ़िसके


रामेछाप । रामेछापका कोरोना संक्रमितको संख्या एक सय ९७ पुगेको छ । बुधवार रामेछापका थप तिन जनामा कोरोना संक्रमणको पुष्टि भए पछि जिल्ला कोरोना संक्रमितको संख्या एक सय ९७ पुगेको हो । बुधबार कोरोना संक्रमण हुनेमा मन्थली नगरपालिका वडा नं की ३७ वर्षीया महिला, मन्थली नगरपालिका वडा नं ७ का ५५ वर्ष र मन्थली नगरपालिका वडा नं ५ का ६४ वर्षका पुरुषमा रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
संक्रमित मध्ये रामेछापमा एक सय ८५ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । हाल रामेछापमा संक्रिय कोरोना संक्रमितको संख्या १२ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा ९७ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २५ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा १० जना , जिल्ला अस्पतालमा ९ जना ,उमाकुण्ड गाउँपालिकामा २ जना , खाँडादेवी गाउँपालिकामा ३ जना र दोरम्बा गाउँपालिकामा ३ जना कोराना सक्रमणको पुष्टि भएको छ ।