ताजा समाचार


अन्तरबैंक एटिएम प्रयोग शुल्क लाग्ने

 नेपाल बाहक    २४ पुष २०७७, शुक्रबार १७:२७     473 जनाले पढ़िसके


काठमान्डौँ । अन्तरबैंक एटिएम प्रयोग गर्दा अब देखि शुल्क लाग्ने भएको छ । महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क लाग्ने छ्रैन् । तर सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो।