ताजा समाचार


चन्दागिरी हिल्सको आइपिओ शुक्रबार भित्र बाडँफाड हुने

 नेपाल बाहक    ७ माघ २०७७, बुधबार १८:४२     484 जनाले पढ़िसके


काठमान्डौँ । चन्दागिरी हिल्सको आइपिओ शुक्रबार भित्र बाडँफाड हुने भएको छ । चन्द्रागिरी हिल्सले सर्वसाधारणमा लागी जारी गरेको आईपीओको प्रिअलटमेन्ट बुधबार गर्दैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओको प्रिअलटमेन्ट सकेपछि अलटमेन्ट गर्ने मिति तय गर्नेछ ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँड हुनेछ । क्यापिटलले शुक्रबार भित्र कम्पनी शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।