ताजा समाचार


यात्रु सँग बढी भाँडा लिने जम्बो हाइस प्रहरी नियन्त्रणमा

 नेपाल बाहक    १६ बैशाख २०७८, बिहीबार ११:२३     274 जनाले पढ़िसके


रामेछाप । यात्रु सँग बढी भाँड दिने जम्बो हाइसलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधवार काठमान्डौँबाट दोलखाको मालुखोला तर्फ आउँदै गरेको बा २ ख ९३५३ नम्बरको हाइसलाई प्रहरीले कारबाही गरेको हो ।
यात्रुको उजुरीको आधारमा हाइसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिई ट्र«फिक नियम अनुसार कारबाही गरिएको रामेछाप प्रहरीले जनाएको छ । उक्त हाइस गाडिका सहचालकले प्रचलित भाडा भन्दा बढी भाँडा लिएकोको थिए । बढी भाँडा लिएका चार जनाको १४ सय रुपैयाँ समेत प्रहरीले फिर्ता गरेको रामेछाप प्रहरीले जनाएको छ ।