ताजा समाचार


रामेछाप प्रशासनद्धरा जिल्लाभर निषेधाज्ञा गर्ने निणर्य

 नेपाल बाहक    ३० बैशाख २०७८, बिहीबार ०५:४७     231 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रशासनले जेष्ठ ९ गते सम्मको लागि जिल्लाभर निषेधाज्ञा गर्ने निणर्य गरेको छ । जिल्लामा कोरोना संक्रमितको दर बढेको भन्दै डिसिसिएमसि रामेछापले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु जारी गर्नु भएको सुचनामा निषेधाज्ञालाई थप कडाई गर्ने उल्लेख गरिएको छ ।
सुचनमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिड्डुल नगर्न भनिएको छ । भने जिल्ला भित्रिने र वाहिरीने सबै यात्रुवाहक सवारी साधनहरु तथा जिल्ला भित्र चल्ने सबै सवारी साधन चलाउन निषेध गरिएको छ । । जिल्ला भित्रका सबै शैक्षिक संस्था, पठनपाठन र परीक्षा संचालन नगर्न र सबै प्रकारका भेला, प्रक्षिक्षण, तालिम, गोष्ठी, पुजापाठ, मेला, महोत्सव, हाटबजार, जात्रा, पर्व, खेलकुद, स्वीमिङ्ग , पुल, सपिङमल, मनोरञ्जन स्थल, फूडसल, हेल्थक्लब, जिमखाना, पुस्तकालय, लगायतका कार्यहरु संचालन नगर्न समेत सुचनामा उल्लेख छ ।
सुचनामा स्वास्थ्य सर्तकता अपाउन समेत अनुरोध गरिएको छ । जारी सुचनमा निषेधाज्ञाको उल्लङ्गघन गर्ने समेत अनुरोध गरेको छ । सुचनाको अवज्ञा गरे संक्रमण ऐन २०२० अनुसार कारबाहि हुने समेत उल्लेख छ ।