ताजा समाचार


पितृ खुसी पार्न ५५ वर्षीय महिलाको हत्या

 नेपाल बाहक    १० आश्विन २०७९, सोमबार २०:१५     530 जनाले पढ़िसके


रामेछाप । पितृ खुसी पार्न भन्दै रामेछापमा एक जना महिलाको हत्या भएको छ । हत्या हुनेमा खाँडादेवी गाउँपालिका ३ सित्खाकी ५५ वर्षीय बिबि माझी रहेको रामेछाप प्रहरीले जनाएको छ ।
पितृ खुसी नभएको भन्दै स्थानीयले बिबि माझी र उनकी ७० वर्षीय आमा सुनमाया माझिलाई समेत कुटपिट गरेका थिए । उनको अवस्था सामान्य रहेको रामेछापका प्रहरी प्रमुख डिएसपी राज कुमार थिङले बताउनु भयो । उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
रामेछाप प्रहरीले घटनामा संलग्न भएको २२ जना लाई नियतात्मा लिएको छ । पक्राउ परेकाले पितृले मारेको प्रहरी समक्ष बयान दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न थिङ सहित प्रहरी अधिकारीहरू सञ्चारकर्मी सहित सोमबार त्यसतर्फ लागेका छन् ।