ताजा समाचार


आगामी आर्थिक वर्षमा रामेछाप नगरपालिकाले टुक्रे योजना सञ्चालन नगर्ने

 नेपाल बाहक    ९ जेष्ठ २०८१, बुधबार १४:५२     395 जनाले पढ़िसके


रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षमा टुक्रे योजना सञ्चालन नगर्ने जनाएको छ । बुधवार रामेछाप नगरपालिकाले आयोजना गरेको पत्रकारसँग मेयर कार्यक्रममा बोल्दै नगर प्रमुख लबश्री न्यौपानेले आर्थिक वर्ष २०८१।८२ मा टुक्रे योजनाका लागि बजेट विनियोजन नगरिने बताउनु भयो ।

नीति¸कार्यक्रम तथा बजेट सम्बन्धमा पत्रकारसँग राय सुझाव लिने क्रममा आफूहरू निर्वाचित भएको दुई वर्ष भएकाले सोही अनुभवलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गरिने बताउनु भयो । रामेछाप नगरपालिका बहुभाषिक बहु जातिका नागरिक बसोबास भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम निर्माण गरिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मेयर न्यौपानेले लागि पनि नगरपालिकाले पूर्वाधार निमार्ण गरिने बताउनु भयो । यस वर्ष लफसिङ डाँडामा संसारकै अग्लो बुद्धको मूर्ति निमार्ण गर्ने तयारी रहेको बताउनु भयो । यसका लागि डिपिआर समेत निर्माण भई सकेको उहाँको भनाइ रहेको थियो । यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि हुने बताउनु भयो ।

कृषिका लागि आगामी आर्थिक वर्षमा एक वडा एक कार्यक्रम सञ्चालन गरिने न्यौपानेले बताउनु भयो । यसका लागि उत्पादनमा आधारित कृषि अनुदान र प्राङ्गारिक मलको कारखाना सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख न्यौपानेले बताउनु भयो । त्यसै नगरपालिकाले खानेपानीको लागि पनि काम गरेको बताउनु भयो । रामेछाप नगरपालिका १ खानेपानीको समस्या सावधान गर्न सफल भएको बताउँदै वडा नस् ४ मा आगामी वर्ष एक घर एक एक धारा निर्माण हुने बताउनु भयो । लिखु खोलाबाट रामेछाप नगरपालिका वडा नस् १¸२ र ३ का नागरिकले लाभ लिने गरी लिफ्ट खानेपानी सञ्चालन गरिने नगर प्रमुख न्यौपानेले बताउनु भयो ।

नगर प्रमुख न्यौपानेको अध्यक्षमा भएका कार्यक्रममा उपप्रमुख बाला कुमारी थापा कार्की¸ प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे¸ प्रवक्ता समीर कार्की तथा रामेछापका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम पत्रकारहरूले शिक्षा¸स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने गरी योजना निर्माण गर्न सुझाव दिएका थिए । भने रैथाने बाली संरक्षणका लागि पनि योजना निर्माण गर्ने सुझाव दिएका थिए । त्यसै वास्तविक किसानको पहिचान गर्न¸ वन तथा वातावरणको संरक्षक गर्ने गरी योजना निर्माण गरिनु पर्ने बताएका थिए । कोल्ड स्टोर निर्माण गर्न र पशु तथा बाली बिमा गर्ने गरी योजना निमार्ण गर्न सुझाएका थिए ।