ताजा समाचार


नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

 नेपाल बाहक    २६ जेष्ठ २०७७, सोमबार १२:१८     284 जनाले पढ़िसके


रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । सोमवार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज २ सय ९४ जना पुरुष र २० जना महिला कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रलयका अनुसार आज थप २१ जना डिस्चार्ज भएका छन् । यो संगै निको हुनेको सङ्ख्या ४ सय ८८ पुगेको छ ।